बोलेरोको ठक्‍करबाट काभ्रेमा प्रहरीको मृत्यु

बोलेरोको ठक्‍करबाट काभ्रेमा प्रहरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृत्यु भएको छ ।

उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठक्‍कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठक्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार ठक्‍कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo