काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ जना पुगेको छ । आज ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार १३२ सय जनाको परीक्षण गरिएको छ ।
काठमाडौं उपत्यकामा आज २५१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार २७६, भक्तपुरमा ८ हजार ९९९ र ललितपुरका १५ हजार ४८२ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २२ हजार ७७४ जना पुगेको छ ।





























प्रतिक्रिया