कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका मध्ये ४ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् ।
ज्यान गुमाएका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको छैन । शुक्रबार र शनिबार सार्वजनिक विदा परेकाले उनीहरूको पहिचानका लागि आइतबारसम्म कुर्न पर्ने नेपाली दूतावास कुवेतले जनाएको छ ।
घटनामा धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका थिए । शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको छ भने मण्डल उपचारपछि कम्पनीमा फर्केका छन् ।
उनीहरू कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।































प्रतिक्रिया