लक्का जवानको ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक (भिडियो सामग्री)

लक्का जवानको ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक (भिडियो सामग्री)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चैत २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक भएको छ ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन् । बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतको स्वरमा बाबुललाई जुनु रिजाल काफ्लेले साथ दिएकी छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । ओएसआर युटुब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई प्रिज्मा स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्म ‘लक्का जवान’को सहनिर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन्।

‘आमा बगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको चलचित्रमा निर्देशन, कथा, पटकथा तथा संवाद शिवहरि पौडेलको रहेको छ ।

फोटोहरू: प्रशान्त प्रधान/केन्द्रबिन्दु

 

Skip This
Skip This
Logo