हिमालयन शेर्पा र जाउलाखेलबीचकाे खेल बराबरी

हिमालयन शेर्पा र जाउलाखेलबीचकाे खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै तीन–तीन गोलको बराबरी बराबरी बाएकाे हाे ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पाले ११ अङ्क जोडेको छ । शेर्पा ११औँ स्थानमा रहेको छ ।

Logo