स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको प्रकोप ‘कोरोना भाइरस’ को नभएको बताएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी मात्रै भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताए । मौसम परिवर्तन र चिसोका कारण संक्रमण फैलिएको हुन सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । गुम्बा गाउँमा रुघाखोकी र ज्वरोले करिव २ सयभन्दा बढी मानिस एकैसाथ बिरामी भएपछि जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर उपचारको व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले पनि कोरोना भाइरसको संक्रमण नभएको बताएका छन् । उनले संक्रमणका बारेमा अध्ययन गरिरहेको बताए । उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ ।































प्रतिक्रिया