काठमाडौं ।
सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले नेवार समुदायको सभ्यता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आज खोकना बुङ्मती बचाउ, गुठी सम्पदा जोगाउ भन्ने नारासहित खोकना र बुङमतीका स्थानीयहरुले राजधानीमा बृहत जनप्रर्दशनी ¥याली निकाले । ‘ खोकनामा बाह्य चक्रपथ चाँहिदैन, खोकनामा सुरुङमार्ग चाँहिदैन, आइएलओ १६९ को उल्लंघन गर्न पाईंदैन’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।
उनीहरुले सांस्कृतिक सम्पदा संरक्षणका लागि फास्ट ट्रयाक खारेज गर्नुपर्ने, बुङमती र खोकनाम स्मार्ट सिटी नचाहिने बताएका छन् । उनीहरुले आदिवासीहरुलाई उठीबास नगर्न पनि आग्रह गरेका छन् । खोकना बुङ्मतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजनाविरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।





























प्रतिक्रिया