मलेसियामा सिकेर नेपालमा व्यवसायिक ड्रागन फ्रुटको खेती गर्ने तिलकको सफलताको कथा (भिडियोसहित)

मलेसियामा सिकेर नेपालमा व्यवसायिक ड्रागन फ्रुटको खेती गर्ने तिलकको सफलताको कथा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बाँके।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैंयाँसम्म आम्दानी गर्न सफल भएका छन् । ६ वर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्किएका मगरले मलेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारीमा खेती शुरु गरेका हुन् ।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे। मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगरले अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । शुरुमा एउटा बोटबाट खेती शुरु गरेका मगरको बारीमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेका छन् । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैंयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैंयाँ बढीको विक्री भइसकेको बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छिन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताइन्। अहिलेसम्म घरबाटै प्रतिकेजी ६ सय रुपैंयाँको दरले विक्री भइरहेको छ । अहिले सेतो र पिङ्क गरि दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताइन् ।

स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरि किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए ।

पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

Logo