प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ । यस अघि लगातार स्थगित हुँदै आएको बैठक आज भने सुचारु भएको हो ।

अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिका बैठकमा लगातार अबरोध गर्दै आएको थियो ।

आज भने कांग्रेसले अबरोध नगर्ने विहान बसेको संसदीय दलको बैठकको निर्णयसँगै आजको बैठक सुचारु भएको हो ।

आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक ०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत गरिने कार्यसूची छ। यस्तै आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक ०७६ पेश गर्ने कार्यसुचि पनि तय गरिएको छ ।

आजको बैठकमा पहिलो संविधानसभामा सदस्य रहेका सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

Logo