काँग्रेसले आज प्रतिनिधि सभा बैठक अबरोध नगर्ने

काँग्रेसले आज प्रतिनिधि सभा बैठक अबरोध नगर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने जनाएको छ । कांग्रेस संसदीय दलको आज विहान सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा बैठक आज दिउसो १ बजे बस्दैछ । यस अघि ३ पटकसम्म लगातार स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघिका बैठकमा लगातार अबरोध गर्दै आएको थियो ।

Logo