आइसीसी विश्वकप लिग-२ : ओमान र अमेरिका वीचको खेल चल्दै

आइसीसी विश्वकप लिग-२ : ओमान र अमेरिका वीचको खेल चल्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अहिले अमेरिका र ओमानवीचको खेल चलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न भइरहेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । आज अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ ।

ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अङ्कसहित शीर्षस्थानमा छ । उसको रनरेट राम्रो छैन । अमेरिकाले आजको खेल जिते शीर्षस्थानमा पुग्नेछ । हालसम्म खेलेको १० खेलमध्ये ६ मा जित र चारमा हारेको अमेरिकाले १२ अङ्क बटुलेको छ ।

हालसम्म ओमानले दुईपटक टस जितेको छ । दुवैपटक उसले फिल्डिङ नै रोजेको थियो । पहिलो खेलमा हारेको अमेरिका त्यसको बदला लिने दाउमा छ । ओमानले हालसम्म कीर्तिपुरमा खेलेको तीनवटै खेलमा शतप्रतिशत नजिता निकालेको छ । उसले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा आठ विकेटले हराएको थियो । ओमानको ब्याटिङ पक्ष बलियो देखिएको छ ।

आजको खेलको ताजा अवस्थामा ओमानले ११.३ ओभरमा २ वीकेटको क्षतिमा ३७ रन बनाएको छ ।

 

Logo