काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते देशभरी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा गरिने जानकारी दिए ।
उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ । काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टी एकतापछि नेकपाले गतवर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलिसभा गरेको थियो ।
रासस





























प्रतिक्रिया