सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन

सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समारोहबीच सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको उद्घाटन गरे । उदघाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्‍यएकोमा देश आफै समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए । आफुले बैंकलाई आफ्नो तर्पmबाट भरपुर सहयोग गर्ने बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए ।

सिभिल बैंकका अध्यक्ष इ.इच्छा राज तामाङ्गले सिभिल बैंक समाजसँग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचयपाटी देखि लिएर उदघाटन समारोहको ढाँचापनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने कुरा बताए ।

समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ.इच्छा राज तामाङ्गबाट परोपकार आदर्श मा. बि.को कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर.प्रोग्राम अन्तर्गत मासिक ३ का दरले १ वर्षको जम्मा ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

साथै कामपा वडा नं २० कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएकाले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरी वहाँबाट आशीर्वाद ग्रहण पनि गरीएको थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ लाख भन्दा बढी ग्राहकहरु रहेको ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।

Logo