आईसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज नेपालले अमेरिकासँग प्रतिश्पर्धा गर्दैछ ।

आज विश्वकप क्रिकेट लिग -२ मा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

त्रिकोणात्मक शृंखलामा हालसम्म ओमानले दुई तथा नेपाल र अमेरिकाले एक, एक खेल खेलेका छन् । ओमान दुवै खेलमा विजयी भएको छ ।

बिहीबार खेलिएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज नेपाल र अमेरिकाबीच शृंखलाको तेस्रो खेल हुन लागेको हो। खेल विहान ९ः३० देखि सुरु हुनेछ ।

Skip This
Skip This
Logo