आर्मी पुनः ए डिभिजन लिगको शीर्षस्थानमा

आर्मी पुनः ए डिभिजन लिगको शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब पून:  शीर्षस्थानमा  उक्लेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा उक्लेकाे हो ।

आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि शीर्षस्थानमा उक्लेको थियो ।

अन्तिम २ चरणका खेल बाँकी रहँदा आर्मी र मछिन्द्रबीच एक अंकको अन्तर रहेको छ । १२ औं चरणको खेलमा पनि दुवै टोलीले सफलता हसिल गरेको खण्डमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफाने गर्ने छ । आर्मीको २६ र मछिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ ।

 

Skip This
Skip This
Logo