काठमाडौं । बाँकेमा ३५ हजार घूससहित २ जना पक्राउ परेका छन् । नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी.ले हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घूस लिएकाे अभियोगमा अख्तियारकाे टोलीले पक्राउ गरेकाे हाे ।
उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएकाे टोलीले निजहरु याबहादुर खत्री र प्रताप के.सीलाई नापी कार्यालय बाँकेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।





























प्रतिक्रिया