क्यान्सर पीडितलाई सहयोग गर्दै नायिका श्वेताले मनाइन् जन्मदिन (भिडियोसहित)

क्यान्सर पीडितलाई सहयोग गर्दै नायिका श्वेताले मनाइन् जन्मदिन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिजोआज फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढ्दो छ तर भड्किलो र रवाफिलो जन्मउत्सव मनाउने बर्तमान परिपाटीलाई चिर्दै नायिका श्वेता खड्काले भने क्यान्सर पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन् ।

निक्कै कम ब्यक्तिलाई हुने ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरबाट पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परीयारलाई टिचिङ्ग अस्पातलमै पुगेर नायिका खड्काले ५० हजार सहयोग गरेकी छिन् । ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ ‘ श्वेताले भनिन् ।

क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन् , ‘क्यान्सरले मेरो खुशी खोसेको छ त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु ।’ भावुक हुँदै उनले थपिन् , ‘यो रोगले मेरो जीवनसाथी मात्र होइन भिनाजुलाई समेत मृत्‍युको काखमा पुर्‍याएको छ ।’ क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिईन् । जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पतालमा आवद्द भएर सोही अस्पताललाई बिस्तार गर्न लागेको जानकारी दिदै श्वेताले भनिन् , ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ।’

आफूलाई सहयोग गर्न आफ्नै सामु आईपूगेकी श्वेतालाई देख्दा भगवाननै आएको झै महसुस भएको बताउँदै क्यान्सर पीडित दिनाले श्वेतासँग सेल्फी खिचेकी थिईन् । मैले कोहिनुर हेरेको छु, म तपाईंको फ्यान हुँ, श्वेताको हात समाउँदै दिनाले भनिन् ।

टिचिङ्ग अस्पातलको ६०४ नं क्याबिनमा उपचार गराइरहेकी दिना परियारसँग करिब १ घण्टा बिताएकी श्वेता खड्काले आफ्नो उपस्थितिले दिना परियारको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताईन् । हेरौं यो भिडियोमा :

Logo