आज काठमाडौका विभिन्न ठाउँमा दिनभर बत्ती नआउने

आज काठमाडौका विभिन्न ठाउँमा दिनभर बत्ती नआउने

केन्द्रबिन्दु
0
Shares

राजधानीका विभिन्न ठाउँमा आज दिनभर बत्ती काटिने भएको छ।

महाराजगंज  वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म ‘सट डाउन’ हुने विधुत प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गत बसुन्धारा, श्रीटोल, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा बत्ती काटिने जनाएको हो।

सडक विस्तारका लागि रुख कटान गर्न बत्तीको लाइन काटिएको हो  । रुख कटान कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत आपुर्ति हुने प्राधिकरणले जनाएको छ ।

Skip This
Skip This
Logo