भागदौड मच्चिँदा १४ बालबालिकाको मृत्यु

भागदौड मच्चिँदा १४ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पश्चिमी केन्याको एक प्राइमरी विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएकाे छ।

केन्याको राजधानी नाइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा सोमबार दिउँसो भागदौड मच्चिएको थियो। साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको हो। शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन्।

त्यस्तै, ४० अन्य विद्यार्थीहरू घाइते समेत भएको बिबिसीले जनाएको छ। कसरी भागदौड मच्चिएको भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

 

Skip This
Skip This
Logo