ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमल विनायकमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमल विनायकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुरको कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo