प्रियंकाको फोटो सेयर गर्दै बार्सिलोनाले लेख्यो ‘वि लभ नेपाल’

प्रियंकाको फोटो सेयर गर्दै बार्सिलोनाले लेख्यो ‘वि लभ नेपाल’

केन्द्रबिन्दु
0
Shares

लियोनल मेस्सीको क्लब बार्सिलोनाले नेपाली नायिका प्रियंका कार्कीको तस्बिर आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेको छ  । क्लबले नायिका प्रियंकाको तस्बिर सेयर गर्दै ‘वी लभ नेपाल’ क्याप्सन लेखेको छ  ।

कार्की केही दिन अघि मात्रै  प्रेमी आयुष्मान देशराजसँग स्पेन पुगेकी थिइन् । उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । गए राति मात्रै उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरेका थिए । उक्त खेलमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले हराएको थियो ।

प्रियंकालाई सामाजिक सञ्जाल भाइबरले खेल हेर्ने अवसर जुराएको हो ।

Logo