काठमाडौं ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ ।
समितिको वार्षिक कार्यक्रम अनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्दाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन् । जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताइन् ।
स्थानीय तहहरुमा गठन भएका न्यायीक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुगमनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अप्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराइन् । समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाइन् । क्षेत्राधिकार भन्दा बाहिरका मुद्दाहरु बढी आउने भएकाले लक्ष्य अनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए ।































प्रतिक्रिया