कतारमा कोरोना भाइरसका शंकास्पद २५ जनाको स्वास्थ परीक्षण

कतारमा कोरोना भाइरसका शंकास्पद २५ जनाको स्वास्थ परीक्षण

केन्द्रबिन्दु
0
Shares

दोहा कतारमा कोरोना भाइरसका शंकास्पद २५ जनाको स्वास्थ परीक्षण गरीएको छ । उक्त परिक्षणमा २३ जनाको रिपोर्टलाई नकारात्मक र २ जनाको परिक्षण चलिरहेको हमाद मेडिकल कर्पोरेशन, महामारी रोग प्रतिरोध समितिका अध्यक्ष / संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलनलाई सम्बोधन
गर्दै जानकारी दिए ।

हिजो मात्र उक्त रिपोर्ट गरिएको थियो। “दुई केसहरू परिक्षण प्रक्रिया अन्तर्गत छन् र हामी आज सम्म परिणाम पाउने आशा गर्दछौं,” खलले पत्रकार सम्मेलनमा भने। परिक्षण अवस्थामा कतारी र गैर कतारी पनि रहेको जानकारी पत्रकार सम्मेलनमा गराईयो र उनिहरुले हालसालै चीनको यात्रा गरेका थिए।

सम्मेलनमा अधिकारीहरूले कतार कोरोना भाइरसबाट सुरक्षित रहेको, रोकथाम र उपचारका लागी २४ सै घन्टा स्वास्थ्य विज्ञहरु तयार रहेको हुदॉ नआत्तिन पनि अनुरोध गरेको पत्रकार सम्मेलनलाई उधृत गर्दै कतारबाट दैनिक प्रकासित हुने अङ्ग्रेजि पत्रिका पेनेन्सुयलाको अनलाइन संस्करणमा लेखिएको छ ।

Skip This
Skip This
Logo