काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको छ । जितसँगै आर्मी शीर्षस्थानमा उक्लिएकाे छ ।
खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा शानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । २० औं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।
३५औं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा मान बहादुर परियारले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । ७७ औं मिनेटमा बिवेक बस्नेतको उत्कृष्ट क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २-२ बराबरीमा ल्याए ।
८५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए । ९८ औं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४-२ को जित दिलाए ।
आर्मीको १० खेलमा २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ ।





























प्रतिक्रिया