शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो ।

जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ ।  समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौं स्थानमा छ ।

Skip This
Skip This
Logo