रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा शुक्रबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नं को मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नं को स्कुटीमा ठोक्किँदा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

मृत्यु भएका दुवै लु ४२ प ७०४६ नं को मोटरसाइकलमा सवार थिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
रासस

Logo