राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभातमा सूचना प्रविधि कक्षा स्थापना

राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभातमा सूचना प्रविधि कक्षा स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बागमती प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालीमाटीस्थित जनप्रभात उच्च मा.वि.मा सूचना तथा संचार प्रविधि कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचना तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सुचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सुचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरुलाई मनोरन्जनमुलक रुपमा ज्ञान दिने बताए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।

Logo