भागवण्डाले गर्दा उमेरहदलाई ख्याल नगरिएको प्रति कांग्रेस नेता कोइरालाको आपत्ती

भागवण्डाले गर्दा उमेरहदलाई ख्याल नगरिएको प्रति कांग्रेस नेता कोइरालाको आपत्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनसनरत विद्यार्थीहरुलाई ऐकेबद्धता जनाएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताएका हुन् । नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको बताए ।

उनले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताए । उनले नौ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताए ।

नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताए । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थी नेता पार्टी कार्यालय सानेपामा चार दिनदेखि आमरण अनसनमा बसेका छन् ।

Skip This
Skip This
Logo