जीवनमा प्रयोग हुने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव

जीवनमा प्रयोग हुने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमिकतामा दिनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षा लागू गर्नुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले भने “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ।”

नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नु पर्ने बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँग्रेसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँग्रेस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेल लगायतका वक्ताले विद्यालयको समग्र विकासका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
रासस

Logo