बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रासस

Logo