दोहा कतार ।
करिब साढे ३ लाख नेपालीले आफ्नो कर्म थलो बनाएको खाडी राष्ट्र कतार विश्वकै धनी राष्ट्र मध्ये एक हो । कतारले सन् २०२२ मा फिफा वर्ल्डकप तथा २०३० मा एसियन गेमको आयोजना गर्दैछ । यसले नेपालीहरूलाई थप रोजगारी तथा व्यवसाय गर्न उत्साह तथा अवसर थपेको छ ।
हाल कतारमा करिव पन्ध्र हजार नेपाली व्यवसायी रहेको एक तथ्यांक छ । यिनै व्यवसायी मध्येका कान्छा व्यवसायीका रूपमा थपिएका छन् राजाराम बानियाँ । उनले नेपाली श्रमिकहरूको अत्यधिक बसोबास रहेको औधोगिक क्षेत्रको नजिकै रहेको ग्रान्ड मलमा अवस्थित प्लाजा मलमा १०४ नम्बरको सटरमा स्टार एसिया ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ नाममा नेपाली फेन्सी तथा खुद्रा पसल सञ्चालनमा ल्याएका छन् ।

पसलमा नेपाली ज्याकेट, हाफ पाइन्ट, आर्मी पाइन्ट, विभिन्न डिजाइनका जिन्स पाइन्ट, नेपाली झन्डा, स्टिकर, झोलाहरू, नेपाली जुत्ता, नेपालको चर्चित रोयल जुत्ता, जिन्स ज्याकेट, ढाका टोपीहरू, टिसर्ट लगायतका विभिन्न नेपाली उत्पादनहरू प्राप्त गर्न सकिन्छ। प्रवासमा नेपाली उत्पादनको धेरै महत्व हुने हुँदा आफूले नेपालीहरुलाई लक्षित गर्दै नेपाली उत्पादन आयात गरेर सुलभ मूल्यमा बिक्री गर्ने र धेरै नेपालीहरुलाई नेपालकै उत्पादन प्रयोग गर्नमा प्रेरित गर्दै नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित पसल सञ्चालनमा ल्याएको बानियाँले बताए ।
नेपालीका अलावा पनि विदेशी नागरिकहरूले समेत नेपालप्रति अगाध माया देखाउँदै विभिन्न सामाग्री खरिद गर्ने गरेका छन् । उक्त पसल केही दिन पहिले नेपाली व्यवसायी संघका महासचिव रमेश भट्टको समुपस्थितीमा कन्याले रिवन काटेर औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।





























प्रतिक्रिया