मुनामदन–२ लिएर आए मनोज कार्की (भिडियोसहित)

मुनामदन–२ लिएर आए मनोज कार्की (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक विवश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको यस गीतमा शब्द र संगित गायक जनककै रहेको छ । एरेन्ज राजु कार्कीको रहेको गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको अभिनय देख्न पाइनेछ ।

जनक सिंहको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन छ भने टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ।

Skip This
Skip This
Logo