काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारमध्ये विश्वमै ६१ वर्षपछि र नेपालमा पहिलोपटक दुईवटा टाउको भएको करेत सर्प फेला परेको छ । नवलपरासीको नवलपुरस्थित दलदलेमा दुई टाउको भएको दुर्लभ सर्प भेटिएको हो
प्रदेश नम्वर २ मा प्रभावकारी बन्दै गएको‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको चर्चा गरौं । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् ।
तीन वर्ष अगाडिसम्म दैनिक १८ घण्टा लोडसेडिङ भागेका नेपालीहरुले अचेल चौबिसै घण्टा विजुली बाल्न पाएका छन् । त्यसबेला विद्युत अभावमा हप्तैपिच्छे लोडसेडिङ तालिका निकाल्ने विद्युत प्राधिकरण पनि यतिबेला उत्पादित बिजुलीलाई कसरी खपत बढाउने भन्ने ध्याउन्नमा छन् । यसैक्रममा प्राधिकरणले विद्युतको मूल्य समायोजन गर्ने भएको छ ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख दलका शिर्ष नेता तथा सांसदहरुले बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
अहिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम सि सि)को बारेमा नसुन्ने हामी मध्ये सायदै कोही होला । यतीबेला राजनीतिक वृत्तमा एम सी सीको पक्ष र विपक्षमा प्रशस्तै धारणाहरु बाहिर आएका छन् ।





























प्रतिक्रिया