सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प

सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

सिड्नी ।

सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना भने जारी गरिएको छैन । स्थानीय समय अनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो ।

राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको युएसजिएसले जानकारी दिएको छ ।

सो भूकम्पको कारण हालसम्म धन जनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ । सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्युडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुका साथै हजारौँ व्यक्ति घरवारविहीन भएका थिए ।
रासस/एएफपी

Logo