काठमाडौं ।
शहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणको खेल सोमबारबाट सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ‘बी’ ले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो । जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोड्दै उपाधि होड कायम राखेको छ भने थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।





























प्रतिक्रिया