केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमूलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
सरकारले १० वर्ष पहिले नै नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर पछिल्लो तथ्याङ्क अनुसार, वर्षेणी ३ हजारभन्दा बढी नयाँ रोगी थपिरहेका छन् ।
क्रिकेटको राष्ट्रिय टिम घोषणा भएको छ तर दुई भेट्रान खेलाडी सोमपाल कामी र बसन्त रेग्मी भने टिममा परेका छैनन् ।
खुर्सानीको धुलो आँखामा हालेर ५० लाख लुट्ने ६ जना राजधानीबाट पक्राउ परेका छन् । विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
एमसीसी सम्झौताको पक्ष र विपक्षमा आवाजहरु सुनिंदै आएका छन् । यसैक्रममा साना ९ दलले एमसीसीको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । उनीहरुले अतिक्रमित नेपाली भुभाग फर्काउन नसकेकोमा सरकारको पनि आलोचना गरेका छन् ।
झण्डै ४ महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुख पदमा सत्तारुढ नेकपाका स्थायी कमिटि सदस्य अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सापकोटालाई प्रतिनिधि सभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको हो ।





























प्रतिक्रिया