काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण चीनमा मर्नेको संख्या ५६ जना पुगेको चिनियाँ स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
त्यस्तै कोराना भाइरसको संक्रमणमा परी बिरामी भएको संख्या पनि एक हजार ९ सय ७५ नाघेको बताइएको छ । कोरोना भाइरस प्रभावित प्रान्तमा सार्वजनिक यातायात बन्द गर्नुका साथै जमघट नगर्न पनि चीनले आग्रह गरेको छ। चीनमा शनिबार भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको पनि ज्यान गएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ ।
आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।” यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।
रासस/सिन्ह्वा































प्रतिक्रिया