टर्कीमा ६.८ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

टर्कीमा ६.८ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

टर्की ।

टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति करिब ९ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

टर्कीको पूर्वी प्रान्त इलाजिगमा केन्द्रविन्दु भएको भूकम्पले छिमेकी मुलुकहरु सिरिया, जर्जिया र अर्मेनियामा समेत प्रभावित पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पमा परी करिब १ हजारभन्दा बढी घाइते भएको एएफपीले जनाएको छ । ३० भन्दा बढी हराइरहेका छन्।

भूकम्पबाट बाच्न सफल इलाजिग निवासी ४७ वर्षीय मेलाहट केनले एएफपीसँग भने– ‘यो निकै डरलाग्दो थियो फर्निचरहरु हामीमाथी खस्न थाल्यो हामी बाहिर भाग्यौं’। टर्कीका राष्ट्रिपति रेसेप तईपले भूकम्पका कारण त्रास रहेको र प्रभावितलाई सहयोगका लागि सबै कदम चालिएको जानकारी दिए । भूकम्पपछि उद्धार जारी रहेको छ । उद्धारकर्ताहरु भत्किएका भवनमा मान्छे च्यापिएका छन् । एएफपी

Skip This
Skip This
Logo