सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकको मृत्यु

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुली ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ नं.को माइक्रोबस बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको र मृतक कार्की सो बसका सवारीधनी साथै चालक रहेको उनले बताए । माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo