काठमाडौं ।
हिमरश्मीले पाँचौं ओप्स खेलकुद सप्ताह अन्तर्गत ब्वाइज फुटबलमा बिहीबार जित हात पारेको छ । संस्थागत विद्यालयहरुको संगठन (ओप्स) द्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले फेरील्यान्डलाई १–० गोलले पराजित ग¥यो ।
अन्य खेलमा मोनास्टिक पब्लिक स्कुलले न्युटनलाई २–०, लालीगुराँसले सेक्रेड हर्टलाई २–०, विभूतिले पुष्पकुञ्जलाई २–० र श्रृजना ज्ञान सागरले ज्ञान मन्दिरलाई १–० गोलले हराए । बाँकी दुई खेल बराबरीमा सकियो । कौशल र चिल्ड्रेन हेराल्डले गोलरहित तथा मस्याङदी र एन्जल्स हर्टले १–१ गोलको बराबरी खेले ।





























प्रतिक्रिया