सत्य निरुपण आयोगका पदाधिकारीद्वारा शपथ

सत्य निरुपण आयोगका पदाधिकारीद्वारा शपथ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले विहिबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराए ।

सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा भट्टले नव नियुक्त सदस्यहरु प्रचण्डमान प्रधान, डा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरु विश्वप्रकाश भण्डारी, गङ्गाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले गत शनिबार नाम सिफारिस गरेपछि उनीहरुलाई सरकारले नियुक्त गरेको हो । पदाधिकारीको नियुक्तसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन् ।
रासस

Logo