काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन् ।
सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा विहिबारआयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताएका हुन्। यस अभियानमा राज्यका सबै निकायको सहयोग र योगदान उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे।
उनले भने, सुशासन कायम गर्दै विकासको बाटोमा अगाडी बढ्ने र तीव्र विकासका साथ देशलाई गरिबी, निरक्षरता र पछौटेपन जस्ता कुराहरुबाट मुक्त गरेर एउटा विकसित, समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ । यसक्रममा समाज, सर्वसाधारण नागरिकदेखि राज्यका सबै अंगहरु सुशासन र विकासका कार्यहरुलाई अगाडी बढाउने क्रममा आफ्नो ठाउँबाट योगदान गर्ने हिसाबले अगाडी बढिरहेका छन्।’
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको कार्यसम्पादनको खुलेर प्रसंसा गरे । भ्रष्टाचार नियन्त्रण, बेरुजु फर्छौट जस्ता काममा सशस्त्र प्रहरीले खेलेको भूमिका उदाहरणीय रहेको पनि बताए। ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नागरिकबाट





























प्रतिक्रिया