यूरोपियन ब्राण्ड रेनाेकाे ‘रेनाे ट्राइबर’ सार्वजनिक

यूरोपियन ब्राण्ड रेनाेकाे ‘रेनाे ट्राइबर’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार होटल हायातस्थित नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनाे कम्पनीले एक कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ गाडी सार्वजनिक गरेको छ । २८ लाख २० हजार रुपैयाँ आकर्षक मूल्य तोकिएको नयाँ उत्पादन रेनाे ट्राइबर नेपालमा गेम चेन्जर बन्नसक्ने कम्पनीको अपेक्षा छ । रेनाे ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूलाई उच्च मूूल्याङ्कन गर्दै यो गाडी नेपाली बजारमा ल्याएको बताएको छ ।

रेनाे ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत कम गर्ने गाडी हो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेशमा विभिन्न आधुनिक र व्यावहारिक विशेषताहरू उपलब्ध छन् ।

“हामी हाम्रो नयाँ गेम चेन्जर– रेनाे ट्राइबर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरूमा हामी धेरै आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकलाई आकर्षित गर्नेछ । रेनाे ट्राइबरले भारतमा एक सफल अवधारणाको रूपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरूबीच पनि स्वीकार्य देखिएको छ । हामी ट्राइबर परिवारलाई बढाउँदै अमूूल्य ग्राहकहरूलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं” रेनो इण्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्लेले भने ।

एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनाे ब्राण्डलाई विस्तार गर्दै हरेक वर्ष बिक्रीकाे मात्रा बढाउँदै लैजान हामीसँगै प्रस्ट उद्देश्य र रणनीति छ । रेनाे ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश, मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । ट्राइबरले कन्टेम्पोरी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनाे ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”

कम्पनीका अनुसार रेनाे ट्राइबर आकर्षक रुमी र मोड्युलर सुविधासम्पन्न छ । ४ ट्रिममा उपलब्ध हुनुका साथै आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढी विशेषता छन् । ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र कुल १ सयभन्दा बढी विभिन्न सिट कन्फ्रिगेसनयुक्त छ ।

Skip This
Skip This
Logo