काठमाडौं ।
बुधबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७४ हजार ८ सय कायम भएको छ । मंगलबार ७५ हजार ३०० रुपैयाँ कायम भएको सुन सोमबार भने प्रतितोला ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै तेजावी सुनको मूल्य पनि आज ५ सय रुपैयाँले नै घटेर ७४ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया