आईएमएस ग्रुपले नेपालमा ल्यायो लाइनियर फ्लुक्सका हेडफोनहरु

आईएमएस ग्रुपले नेपालमा ल्यायो लाइनियर फ्लुक्सका हेडफोनहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईएमएस ग्रुप अब नेपालमा लाइनियर फ्लुक्स ब्राण्डको हेडफोनका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । यसअघि यस ग्रुपले सामसुङ्ग ब्राण्डका मोबाइलहरुको आयात र विक्रि वितरण गर्दै आइरहेको थियो ।

यो एउटा हेडफोनको ब्रान्ड हो, जसले वायरलेस, ह्यापर डिफिनेशन अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लाइनियर फ्लुक्सको नेपालमा पनि लन्च भएको हो ।

लाइनियर फ्लुक्स ह्यापर सोनिक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडि गागा, डाक्टर ड्रि , पुफ डेड्डी, ब्लायाक आइड पिस, फार इस्ट मोमेन्ट , जय छौ, वन्डर गर्ल्स जस्ता सांगितिक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ । यसको डिएल जिरो वन ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ । यो पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । एक यस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ । यसले छिट्टै लोकप्रियता कमाउने कम्पनिले विश्वास लिएको छ ।

Logo