काठमाडौं । पोखरा रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली क्यान–११ टोलीले मलेसिया–११ लाई २९१ रनको लक्ष्य दिएकाे छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाली क्यान–११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९० रन बनायो ।
क्यानको मध्यम लक्ष्यका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै रोहितकुमार पौडेलले ५४ रन बनाए । नेपालका लागि सुवास खकुरेलले ४८ रनमा आउट हुँदा लोकेश बमले ३२, विनोद भण्डारीले २१ र सुनील धमलाले २३ रनको योगदान गरे ।





























प्रतिक्रिया