मकवानपुरको पानोरमा रिसोर्टमा अचेत फेला परेका ८ जना पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनीहरूको काठमाडौँको ह्याम्स हस्पिटलको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरूलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज बिराज तामाङले जानकारी दिए ।
गएराति थाहा नगरपालिकास्थित सिमभञ्ज्याङमा रहेको रिसोर्टको २ ओटा कोठा लिएर १५ जना भारतीय पर्यटक बास बसेका थिए । उनीहरूमध्ये एउटा कोठामा सुतेका ८ जना मंगलबार बिहान अचेत अवस्थामा फेला परेका हुन् । अचेत फेला परेकाहरूमा ४ महिला र ४ पुरुष थिए ।
झ्याल ढोका बन्द गरी हिटर बालिएकाले अक्सिजनको अभावमा उनीहरू निसासिएको हुन् सक्ने प्रहरीको अनुमान छ ।































प्रतिक्रिया