नेकपाद्धारा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी

नेकपाद्धारा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यलाई ११ बुँदे आचार संहिता जारी गरेको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ । सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्य्विभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचार संहितामा उल्लेख छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै नेकपाको आचार संहितामा भनिएको छ, ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्छ ।’
समाजवादी संस्कृतिको आधार नै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै नेकपाले भनेको छ, मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्दछ ।’
नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ । झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने निर्णय पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याको समाधानका लागि महत्वपूर्ण छन्’ अध्यक्षद्धयले भनेका छन् । पार्टीले जारी गरेको आचार संहिता पालना नगर्ने र पटकपटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने समेत परिपत्रमा उल्लेख छ ।

Logo