काठमाडौं ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज सङ्कटा क्लब र ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँगको खेल बराबरी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् ।
खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाए तापनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए । जारी लिगमा सात खेल खेलेको सङ्कटाले दुई जित, तीन बराबरी र दुई हारसहित नौ अङ्क जोडेको छ । त्यसैगरी समान सात खेल नै खेलेको ब्रिगेड ब्वाइजले दुई जित, तीन हार र दुई बराबरीसहित आठ अङ्क जोडेको छ ।





























प्रतिक्रिया