पोखरा ।
नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले गैरआवासीय नेपालीहरु नेपालसँग जोडि राख्दा मात्रै नेपालले फाइदा लिन सक्ने बताएका छन् । आज पोखराको रुपाकोटमा गैर आवासिय नेपाली महासंघको अन्तरास्ट्रिय समन्वयन परिषदको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका सह महामन्त्री महतले नेपालभन्दा बाहिर रहेका गैर आवासीय नेपालीहरुलाई केही लिमिटेसन राखेर नागरिकता दिनुपर्ने पनि तर्क गरे।
अहिले बाहिर रहेका गैर आवासीय नेपालीलाई त्यहाँसम्म पुर्याउने हैसियत नेपाली आमा बुबा र दाजुभाइहरुले नै बनाइदिएको पनि महतले बताए । गैर आवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो ब्यबहार गरेर ती नेपालीलाई नेपालबाट टाढा बनाउन नहुनेमा सहमहामन्त्री महतले जोड दिए । गैर आवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन कहाँ नेर सहयोग गर्नुपर्छ त्यहाँ सहयोग गर्न आफू तयार रहेको समेत उनले प्रतिबद्धता व्यक्त गरे।































प्रतिक्रिया